काठमडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यहरुको कार्यकाल छुट्याउन गोला प्रथा गरिने भएको छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने उल्लेख छ ।
राष्ट्रिसभामा निर्वाचित र मनोनित सबै सदस्यको कार्यकाल ६ वर्षको नहुने भएकाले गोला प्रथा गर्न लागिएको हो ।
राष्ट्रिसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने संबैधानिक प्रावधान छ । संबैधानिक व्यावस्था आनुसार राष्ट्रियसभा सदस्यहरू २, ४ र ६ वर्षे कार्यकालका लागि हुने भने पहिलो दुई वर्षमा रिक्त एक तिहाइका लागि अर्को चुनाव हुने व्यवस्था छ ।
संविधानको धारा ८६ को ३ अनुसार एक तिहाइ सदस्को कार्यकाल प्रत्येक दुई वर्षमा सकिनेछ । पदाधिकारीलाई पनि सदस्य मानेर गोलामा सामेल गराइनेछ ।
संवैधानिक व्यवस्था अनुसार कसको कार्यकाल कति भन्ने टुङ्गो लगाउन राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश अनुसार संघीय संसद् सचिवालयले कार्यबिधि मस्यौदा गरेको छ ।
कार्यविधि अनुसार सबै प्रदेशको समानुपातिक र समावेशी प्रतिनिधित्व कायमै रहनेगरी गोलाप्रथा गरिने संसद सचिवालयले जनाएको छ । प्रदेशगत रूपमा क्लष्टर अनुसार गोलाप्रथा हुनेछ भने एक प्रदेशका लागि तीन चरणमा गोलाप्रथा गरिने भएको छ ।
पहिलो चरणमा तीन खुला सदस्यलाई एक पटक गोला तान्न दिइने र नामको वर्णानुक्रम अनुसार सदस्यहरूले क्रमशः चिट्ठा तान्नु पर्ने छ । चिट्ठा तान्ने तीन जनामध्ये एकको कार्यकाल २ वर्ष अर्को ४ वर्ष तेस्रो सदस्यको ६ हुनेछ । यसरीनै अन्य कसष्टरका सदस्यहरु पनि छानिने संसद चिवालयले जनाएको छ ।





प्रतिक्रिया