देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रक्षामन्त्री पोखरेलले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणभर कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री इश्वर पोखरेलले पाएका छन् । ओली आजदेखि तीन दिने भारत भ्रमणमा छन् ।

राष्टपति कार्यलयले विज्ञप्ती जारी गरेर भनेको छ, आज मिति २०७४ साल चैत्र २३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा सम्वत् २०७४ साल चैत्र २३ गते शुक्रबार भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।