देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली र मोदीबिच भोली औपचारिक भेटवार्ता हुने

देशान्तर

काठमडौं । भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री के पी शर्मा ओलीबीच भोलीमात्र औपचारिक भेटवार्ता हुनेछ ।बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नुहुनेछ भने त्यसपछि भारतीय सेनाले ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ। भेटपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्ने छन ।
हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ ।दुवै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हैदरावाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि भोली नै भेट गर्नेछन् ।प्रधानमन्त्री के पी शर्मा भारत भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हवाई सञ्जाल विस्तार, सन् १९५० को सन्धिको पुनरावलोकन, अन्तरदेशीय प्रसारण लाइन, हुलाकी सडक, भूकम्पपछिको पुनःनिर्माणको अनुदान, पेट्रोलियम पाइप लाइन जस्ता विषयले प्राथमिकता पाउनेछ । भ्रमणमा नयाँ सम्झौता नहुने र पुराना सम्झौता कार्यान्वयनमा प्राथमिकता दिने प्रधानमन्त्रीले बताउँदै आएका छन ।