देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ढुक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

देशान्तर

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ढुक्क भएर लगानी गर्न भारतीय व्यवसायीसँग आग्रह गरेका छन । आफ्नो सरकारले भ्रष्टाचाररहित प्रशासनको कल्पना गरेकाले भारतीय लगानीकर्तालाई नेपालमा कुनै प्रशासनिक झैझमेला नहुने पनि उनको दाबी छ ।

तीनदिने राजकीय भ्रमणमा भारतको राजधानी नयाँ दिल्ली पुगेलगत्तै नेपाल तथा भारतका उद्योगी व्यवसायीको संयुक्त छलफलमा प्रधानमन्त्री ओलीले नेपालले दशकौंपछि स्थिर सरकार पाएको भन्दै यसको लाभ लिन भारतीय व्यवसायीलाई आग्रह गरेको छन ।

देशलाई समृद्धितर्फ लैजान आफूलाई जनादेश प्राप्त भएको भन्दै यसका लागि भारतीय निजी क्षेत्रका लागानीकर्तासँग हातेमालो गर्न तम्तयार रहेको प्रधानमन्त्रीको भनाई छ । सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य रहेकोले भारतीय व्यवसायीले आफ्नो लगानी नेपालमा विस्तार गरेर यसको लाभ लिनसक्ने अवसर रहेको प्रधानमन्त्रीको भनाई छ ।

संयुक्त छलफलमा भारतीय व्यवसायीले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा तथा कृषि क्षेत्रमा लगानीका लागि वातावरण बनेमा उत्तम हुने बताएका छन् । जैविक ऊर्जामा लगानीको अवसर सिर्जना गरेर त्यसको लाभ प्रत्यक्ष रुपले किसानसम्म पुग्ने अवस्था आएमा उनीहरुको जीवनको गुणस्तर बढ्ने भन्दै भारतीय व्यापारीले प्रधानमन्त्री ओलीसँग लगानी सुरक्षाको प्रत्याभूति मागेका छन् ।