काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुट उपगुटले पार्टी ध्वस्त भएको भन्दै यसको अन्त्य गर्न आवस्यक भएको बताएका छन ।
नेपाली कांग्रेस पूर्वी नवलपरासीद्वारा कावासोतीमा आयोजित २ दिने प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै कोइरालाले गुट–उपगुटले कांग्रेस बर्बाद नै भएको र यसको अन्त्य नभए पार्टी नै धरापमा पर्ने बताए ।
पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको दाबी गर्दै नेता कोइरालाले आफू गुटउपगुटलाई समाप्त पारेर पार्टीलाई एक ढिक्का बनाउने कामको थालनी गरिसकेको बताए । पार्टी नेृतत्वले बेलैमो होस् र्पुयाए अबको ५ वर्षमा देश सञ्चालनको जिम्मेवारी कांग्रेसकै काँधमा आउने कोइरालाले दाबी गरे ।
तालिम उद्घाटनपछि बोल्दै कोइरालाले २०४८ सालदेखि देशको साँचो कांग्रेसको हातमा आएपछि देशले ठुलो फड्को मारेको दाबी गरे । २०४८ सालमा आफ्नो पार्टी सत्तामा पुग्दा नेपालमा ८ हजार किलोमिटर सडक सञ्जाल रहेको र हाल आएर ८१ हजार किलोमिटर रहेको बताए ।
कांग्रेसले गरेका राम्रो कामको प्रचारप्रसार गर्न नसकेर कांग्रेस पछि परेको कोइरालाले बताए । आउँदो ५ वर्ष संगठन निमार्ण र सबल प्रतिपक्षको भूमिकामा कांग्रेस रहने उनको भनाइछ ।
नेपाली कांग्रेस पूर्वी नवलपरासीद्वारा कावासोतीमा सुरु २ दिने प्रशिक्षक प्रशिक्षणमा १ सय २५ जना सहभागि रहेका छन् । कांग्रेस नेता धनराज गुरुंग , जिवन परियार , बद्री पाण्डे र डा तुलसी प्रसाद गौतमले प्रशिक्षण दिने कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले जानकारी दिए ।





प्रतिक्रिया