देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गगन थापाद्वारा जिम्मेवार कर्तव्यसँगै अधिकार अभियान सुरु

देशान्तर

 

काठमाडौं । काँग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले ‘म बन्छु जिम्मेवार कर्तव्यसँगै अधिकार अभियान सुरु गरेका छन । काठमाडौं – ४ का निर्वा्िचत सांसद रहेका थापाले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका हुन् । अभियानको संस्कृतिमोहन सत्यमोहन जोशीले प्रारम्भ गरे

 

काठमाडौं ४ को सांसदको कार्यालयले आयोजना गरेको कार्यक्रममा अभियान सुरु गर्दै जोशीले अभियान देशैभरीबाट यो अभियान सुरु गर्न आवश्यक रहेको बताए।

 

अधिकारको मात्र खोजी गर्नुको साटो कर्तव्यमा पनि जोड दिने अभियानको मुख्य मर्म रहेकाले यसलाई आत्मसाथ गरे देशको विकास टाढा नभएको उनको भनाई छ ।

 

कार्यक्रममा सांसद थापाले अब आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्नुपर्ने भएकाले यो वर्षलाई अधिकारसँगै कर्तव्यको वर्ष बनाउन आग्रह गरे हुन ।