देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीय शिक्षा विधेयकको मस्यौदा जेठसम्ममा तयार गर्ने

देशान्तर

काठमाडौं । संघीय शिक्षा विधेयक र अधिकारमा आधारित शिक्षा विधेयकको मस्यौदा आउँदो जेठसम्ममा तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले तीन महिने कार्ययोजना तयार पारेको बताउँदै संघीय शिक्षा विधेयकको मस्यौदा तथा प्रदेश र स्थानीय तहको लागि नमूना कानुनको मस्यौदा समेत जेठ महिनासम्ममा तयार हुने प्रतिबद्धता जनाएका छन् ।

 

शिक्षा मन्त्रालयले वैशाखदेखि असारसम्म तीन महिनाभित्र सम्पादन गर्ने ३० बुँदे कार्ययोजना अनुसार वैशाख महिनाभित्रै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी हुनेछ । यसका साथै एकीकृत उच्च शिक्षा विधेयक मस्यौदा निर्माण र छलफल, माध्यमिक शिक्षा कक्षा ११ र १२ मा एकल पथीय पाठ्यक्रम विकासलगायतका कार्ययोजना सार्वजनिक गरेका छन् ।

 

शिक्षा मन्त्रालयको चिकित्सा शिक्षा विधेयकको प्रतिस्थापन विधेयक ल्याई चिकित्सा शिक्षा अध्यादेश संघीय संसदबाट पारित गराउने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नयाँ सांगठनिक संरचना निर्माण गर्ने लगायतका योजनाहरु रहेका छन् ।मन्त्री पोखरेलले सम्बन्धित निकायहरुले आफूले सम्पादन गर्नुपर्ने कार्यहरुको विस्तृत कार्ययोजना निर्माण गरी वार्षिक कार्यक्रम तथा बजेटमा समावेश गर्दै प्रभावकारी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइने जानकारी दिए ।