देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशका जेलमा रहेका नेपालीले निशुल्क कानुनी सेवा पाउने

देशान्तर

काठमाडौं ।विदेशको जेलमा रहेका श्रमिकलाई सरकारले कानुनी सेवा दिने भएको छ। कतिपय श्रमिकहरू विना कसुर समस्या भोगेको र कानुनी लडाई गर्न नसकेको भन्दै श्रम मन्त्रालयले यस्तो निर्णय गरेको हो।

 

वैदेशिक रोजगार प्रवर्द्धन वोर्डसहित सरोकारवाला निकायसँगको छलफल पछि कसरी काम गर्ने भन्ने विषयमा पूर्वराजदुत उदयराज पाण्डेको नेतृत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।

 

विदेशका जेलहरुमा पाँच सय जना नेपाली रहेको श्रम सचिव महेशकुमार दाहालले बताए । अब हरेक महिना तथ्यांकहरु अध्यावधिक गर्ने सचिव दाहालको भनाई थियो ।