देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैदेशिक रोजगारीमा जानेलाई सरकारले तालिम दिने

देशान्तर

काठमाडौं ।   वैदेशिक रोजगारीमा जानेलाई सरकारले तालिम दिनेदेशिक रोजगारीमा जाने नेपालीमध्ये धेरै अदक्ष कामदारकै रुपमा जाने गरेको पाइएपछि सरकारले अब तालिम दिएर मात्रै पठाउने तयारी गरेको छ । जाने मध्ये ७४ प्रतिशत अदक्ष र २४ प्रतिशत अर्धदक्ष कामदारका रुपमा जाने गरेका छन् । दक्ष कामदारका रुपमा जाने युवा २ प्रतिशत मात्रै छन् ।

 

 

 यही तथ्याङ्कलाई मध्यनजर गर्दै सरकारले अब तालिम दिएर मात्रै विदेश पठाउने तयारी गरिरहेको युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए ।राष्ट्रिय युवा परिषदले भक्तपुरमा गरेको कार्यक्रममा सचिव सापकोटाले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालिम दिएर मात्रै विदेश पठाउने बताए ।

 

 

सचिव सापकोटाले युवालाई देशभित्रै  परिचालन गर्ने योजना बनाइरहेको जानकारी दिए  । त्यसैले सञ्चारमाध्यमलाई पनि युवाका सकारात्मक सफलताका कथालाई सम्प्रेषण गर्न उनको आग्रह थियो । सचिव सापकोटाले युवा नीति २०७२ लाई परिमार्जन गरी थप युवामैत्री बनाइने पनि बताएका छन