देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अबको दश वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने :ऊर्जामन्त्री पुन

देशान्तर

काठमाडौँ ।  ऊर्जामन्त्री बर्षमान पुनले आगामी दश बर्षभित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् ।सिरुवारीमा सौर्य लिफ्ट खानेपानीको उद्घाटनमा ऊर्जामन्त्री पुनले आगामी दश वर्ष्भित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजनाका साथ सरकार अघि बढेको बताएका हुन् ।

 

 

ऊर्जामा आत्मनिर्भर बन्नका लागि सोलार सिस्टममार्फत पनि विद्युत उत्पादन गर्ने र यस्ता वहुउदेश्यी योजनाहरुलाई प्राथामिकता दिने मन्त्री पुनले बताए ।

 

 

सोही कार्यक्रममा सहभागी भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सोलार सिस्टमलाई घरघरमा जडान गर्ने र बढी भएको विद्युत प्राधिकरणलाई बिक्री गर्ने योजना अघि सारिएको जानकारी दिए ।