काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताए ।
हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको पनि स्पष्ट परे ।आइतबार काठमाडौंमा ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्भिनेस’ नामक पुस्तकको विमोचन गर्दै उहाँले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रहरुबीचको असमझदारीका कारण दुई देशीय, क्षेत्रीय वा अन्तराष्ट्रिय संगठनको औचित्यमाथि प्रश्न उठाउन उपयुक्त नहुने तर्क गरे ।





प्रतिक्रिया