देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सगरमाथा सफाई अभियानमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

देशान्तर

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा अभियानको रुपमा संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिएका छन्।

 

पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीद्ये विश्वको सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ र सफा राख्न तथा त्यसको पवित्रतालाई जोगाउन सबैको साझा, संगठित र उद्देश्यमूलक प्रयास हुनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए।

 

प्रधानमन्त्री ओलीले फोहोरकै कारण सगरमाथाको आरोहण अवरुद्ध हुने अवस्था आउन नदिन पनि मातहतका निकायको गम्भिर ध्यानाकर्षण गराएका थिए। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामू शर्पाको योगदानको पनि चर्चा गरेका थिए। पासाङ ल्हामु शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो।