देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता हो:आइजिपी खनाल

देशान्तर

काठमाडौं ।  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता रहेको बताए । विहिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको जानकारी दिए ।

खनालले अपराध नियन्त्रणका लागि काम नगरी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको समेत बताए । प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम नहुने भन्दै संगठनमा रहेका त्यसता किराहरुलाई हटाउन पर्ने आइजिपी खनालको उनको भनाई थियो।

उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारबाही गरिने बताए । प्रहरीको दरबन्दी कम रहेको भन्दै मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए ।