देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘विरानो लाग्छ’ नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

देशान्तर

‘विरानो लाग्छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। भर्खरै मात्र बजारमा सार्वजनिक गरेको यो म्युजिक भिडियोमा देवेन्द्र पुनको शव्द रहेका छन्, भने योगेश काजीले संगित र स्वर भरेका छन्।

नयाँ पुस्ताका ध्यान तान्ने उदेश्यका साथ सार्वजनिक गरेको सेन्टिमेन्टल पप सङ ‘विरानो लाग्छ’ ले बजार राम्रै लिनेमा म्युजिक भिडियो निर्माण टोली आशावादी रहेका छन्।

‘विरानो लाग्छ’ को मुख्य अभिनयमा सञ्चारकर्मी उमेश भण्डारी देख्न सकिन्छ। लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत उनी यसै म्युजिक भिडियोबाट म्युजिक क्षेत्रमा ‘डेव्यू’ गरेका हुन। सुभाष गहतराजको निर्देशन रहेको यो म्यूजिक भिडियोमा भण्डारीको भने पहिलो प्रवेश हो।

भण्डारीलाई ‘विरानो लाग्छ’ मा मोडल अप्सराले साथ दिएकी छन्। दोलखाको मेलुङ गाउँपालिका निवासी भण्डारी विगत ७ वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय छन्। उनले भने, ‘बच्चैदेखि मेरो अभिनय गर्ने सोचलाई विरानो लाग्छले पुरा गरिदिएको छ, यो म्युजिक भिडियोले मलाई सफल्ता मिल्नेछ’ ।

एचएनजी प्रोडक्सनले उत्पादन गरेको म्यूजिक भिडियो ‘फार अवे इन्टरटेन्मेन्ट’ ले सार्वजनिक गरेको हो।

https://youtu.be/Ummjsv1ACcE?t=139