देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी पराजय कारण हो देउवा नेतृत्व सरकारको गलत काम : नेता पौडेलको आरोप

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी चुनावमा हारेको आरोप लगाएका छन् ।कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्दै पौडेलले कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न नसक्नु र सभापतिको छवि तथा उनी नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी पराजित हुनुपरेको बताए ।

 

पार्टीलाई संस्थागत ढंगबाट सन्चालन गर्दै देशभर ऊर्जा ल्याउने अभियान चलाउनुपर्नेमा पौडेलको जोड रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।जारी बैठकमा शुक्रबारसमेत गरी पाँच घन्टाभन्दा बढी बोलेका नेता विजयकुमार गच्छादारले पार्टी प्रवेशअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै कांग्रेस छाडेर गएका र कांग्रेसमा आउन चाहनेलाई पार्टीले अपिल गर्नुपर्नेमा जोड दिए ।

 

गत चैत ८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार सम्पन्न हुने भएको छ ।शनिबार महामन्त्रीको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न हुने जनाइएको छ ।महासमिति बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति तोक्नुका साथै सरकारलाई हेर्ने दृष्टिकोण र पार्टी सुधारको अभियानसमेत शनिबार सार्वजनिक गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।बैठकलगत्तै पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको पनि जनाइएको छ ।