काठमाडौें ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदैछ ।बैठकका क्रममा केन्द्रीय सदस्य तथा पदाधिकारीले उठाएका प्रश्नको सभापति शेरबहादुर देउवाले जवाफ दिएपछि आजै बैठक समापन गर्ने तयारी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका छन ।
अब सभापति देउवा सहित, महामन्त्री डाक्टर सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मात्र बोल्न बाँकी छ । आजको बैठक बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा देउवगा पक्ष र पौडेल पक्षका नेताले चुनावमा सोचेजस्तो परिणाम नआउनुमा को दोषी भन्ने बारे आरोप प्रत्यारोप गर्ने गरेका छन ।
यस्तै, ७ जना केन्द्रीय सदस्यले पार्टीको अबको बाटोका बारेमा नयाँ प्रस्ताव दर्ता गराएका छन् । तत्काल महाधिवेशन बोलाएर नयाँ नेतृत्वसहित पार्टीलाई अघि बढाउनुपर्ने उनीहरुको माग छ ।चैत ९ गते शुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नेता खुमबहादुर खड्काको निधनका कारण चैत १६ गतेदेखि केहीदिन स्थगित भएर फेरि सुरु भएको हो ।





प्रतिक्रिया