देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश ४ मा विषयगत समितिका सभापति निर्विरोध चयन

देशान्तर

काठमाडौं । प्रदेश ४ को प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वा्चित भएका छन् ।आइतबार विधान समिति सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिका सभापतिहरु निर्वा्चित भएका हुन् ।

 

विधान समितिको सभापतिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कांग्रेसका कुमार खड्का, प्रदेश मामिला समितिमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर थापा र अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका दिपक कोइराला निर्वा्चित भएका छन् ।समितिका नवनिर्वा्चित सभापतिहरुलाई सभामुख नेत्रनाथ अधिकारीले सपथ गराएका छन् ।

 

समितिका सभापतीहरुले आइतबार नै पदबहाली गरेका छन् ।एमाले, कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक–एक समितिको नेतृत्व लिने सहमति भएपछि सबै समितिका पदाधिकारीहरु निर्विरोध निर्वा्चित भएका हुन् ।