देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सार्वजनिक यातायातकाे विकल्प खाेज्दै सरकार

देशान्तर

काठमाडौं ।  सिन्डिकेट तोड्न र करको दायरामा ल्याउन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा लागू गरेको निर्देशिकाविरुद्ध व्यवसायीले विरोध गरेपछि विकल्पको तयारी थालिएको छ।

यातायात व्यवसायीले सवारी ठप्प पार्ने सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि विभागले वैकल्पिक सवारी साधन प्रयोगमा ल्याइने तयारी थालेको हो। सार्वजनिक सवारी साधन सञ्चालन नभएको खण्डमा विभागले अन्य निकायका सवारी सञ्चालन गरेर भए पनि निर्देशिका कार्यान्वयन गरेर छाड्ने जनाएको छ।

 त्यसका लागि विभागले नेपाली सेना, सशस्त्र प्रहरी, प्याव्सन एनप्याव्सन लगायतका निकायसँग भएका सवरी सञ्चालन गर्न सकिने गरी छलफल अघि बढाएको छ ।