देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसएसपी दिवेश लोहनी साढे ३३ केजी सुन प्रकरण पक्राउ

देशान्तर

काठमाडौं । साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी  दिवेश लोहनी पक्राउ परेका छन् ।प्रकरणको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए ।

उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि संगठित अपराध अन्तरगत मुद्दा चलाइने प्रहरील जनाएको छ ।प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ । मोरङ प्रहरीले बुधबारै अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदैछ ।

लोहनी प्रमुख रहेका वेला महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा पूर्व गएको टोलीको अनुसन्धानमाथि नै प्रश्न उठेपछि सुन प्रकरणले उग्र रूप लिएको थियो । टोलीमा रहेका डिएसपी केसी, सर्इ बालकृष्ण सञ्जेल लगायत यसअघि नै पक्राउ परिसकेका छन् ।

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को सहयोगी उर्लाबारीका सनम शाक्यको शव बरामद गरेसँगै महाशाखाको टोलीले पक्राउ गरेको व्यक्तिहरूले आफैं पनि पीडित भएको जिल्ला प्रहरी कार्यालय, मोरङमा बयान दिएका थिए ।घटनाको छानबिनका लागि सरकारले गृहमन्त्रालयका सह(सचिव र्इश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।