देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैंकबाट रकम झिकेर फर्किने क्रममा लुटिइन् महिला

देशान्तर

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी बजार नजिक बिहीबार दिउँसो मोटरसाइकल सवार नकावधारी तीन लुटेरले एक महिलाको रकमसहितको झोला लुटेर भागेका छन्।

लालझाडी गाँउपालिका ३ की संगीता पार्कीको ६० हजार ८३ रुपैयाँ रकमसहितको झोला नकावधारी मोटरसाइकल सवारले लुटेर लगेका हुन्। आफन्तले विदेशबाट पठाएको पैसा बैंकबाट निकालेर फर्किने क्रममा उनी लुटिएको हुन्।

पार्कीको रकम लुटेर भागेका लुटेराको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। प्रहरीले लुटेरा भागेको सम्‍भावित क्षेत्रमा खोजी कार्य जारी राखेको बताएको छ।