देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पक्र्राउ परे सासु,ससुरा बुहारी हत्याको आरोपमा

देशान्तर

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–५ का पदमलाल चौलागाईँसहित हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। सो घटनामा संलग्न चौलागाईँकी पत्नी जमुना चौलागाईँ र छोरी सन्तोषी चौलागाईँ रहेका छन्।चौलागाईँले आफ्नै बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईँलाई घरायसी झगडाको विषयमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार गत वैशाख १७ गते राति १०ः३० बजेको समयमा मारेर फालेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले चौलागाईँलाई वैशाख १९ गते पक्राउ गरेको हो।प्रहरी अनुसन्धानको क्रममा चौलागाईँले आफ्नै छोराबुहारीलाई मारेर सिस्नु घारीमा फालेको र पछि श्रीमती र छोरीको सहायताले बोकेर लगेर घरदेखि करिब ५०० मिटर टाढाको जंगलमा गाडिएको फेला परेको प्रहरी प्रमुख थापाले बताए ।

तीनैजनालाई कर्तव्य ज्यानअन्तर्गतको जाहेरी परिसकेको र कानुनी कारबाहीको लागि अनुसन्धान जारी राखिएको प्रहरी प्रमु्ख थापाको भनाई छ । शव परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।