देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्डकेटधारी यातायत व्यवसायीले आजबाट गाडी चलाउने

देशान्तर

काठमाडौं। सरकारले  सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन्। सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि उनीहरु शनिबारबाटै यातायात सञ्चालन गर्ने भएका हुन्।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शुक्रबारै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् ।

महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिबारबाटै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् कर्माचार्यले  एक विज्ञप्ती निकालेर देशभर गाडीहरु ग्यारेजमा थन्क्याई उत्रिएको आन्दोलनमा साथ दिएको भन्दै यात्रु र सर्वसाधरणलाई पनि धन्यवाद दिइएको छ।