देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अभिनेतृ सोनमले लगनगाँठो कसिन व्यापारी आनन्दसँग

देशान्तर

काठमाडौं ।  चर्चित बलिउड अभिनेतृ सोनम कपुरको विवाह भएको छ। बलिउडमा सधै चर्चाको शिखरमा रहने सोनमले दिल्लीका व्यापारी आनन्द आहुजासँग मुम्बईमा मंगलबार लगनगाँठो कसेकी हुन्।

 

सोनम चर्चित बलिउड अभिनेता अनिल कपुरकी छोरी हुन्। आहुजा दिल्लीका व्यापारी हुन्। उनी भारतीय निर्यात कम्पनीका म्यानेजिङ डाइरेक्टर हुन्। उनीहरुको शिख परम्पराअनुसार विवाह भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

उनको रिसेप्सनु पार्टीमा बलिउडका सबैजसो कलाकारको उपस्थिति थियो। सोनमकी विवाहमा उनकी मिल्ने साथी स्वरा भास्कर साथमा रहेकी थिइन्। यी दुईले राझणाु र प्रेमरतन धन पायोु फिल्ममा सँगै काम गरेका थिए। विवाहपश्चात् मुम्बईको द लिला होटलमा रिसेप्सन पार्टी राखिएको थियो। पार्टीमा अमिताभ बच्चन, सलमान खान लगायतका बलिउडका हस्तीहरुको सहभागिता थियो।