देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीय एआईजी सहितको सुरक्षाफोर्स मोदीको सुरक्षा प्रबन्ध मिलाउन मुक्तिनाथमा

देशान्तर

काठमाडौँ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी सुरक्षा प्रबन्धको कार्ययोजना तयार पार्न भारतीय एआईजीसहित १५ जनाको टोली मुस्ताङतर्फ हिँडेको छ ।

पोखराबाट बिहान हिडेको टोलीमा ४ जना भारतीय एआईजीसहित सुरक्षाफोर्स सामेल छ । उनीहरु साँझसम्म जोमसोम पुग्ने जनाइएको छ ।मोदीको भ्रमणलाई व्यवस्थित गर्न सुरक्षा फोर्सले विहीवार जिल्लाका सरोकारवाला निकायसँग उच्चस्तरीय छलफल गर्ने कार्ययोजना पनि रहेको छ ।

त्यस्तै मोदीलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने टुङ्गो पनि लगाइने छ ।मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिसरमै रहेर टोलीले सुरक्षा प्रदान गर्नेछन् । यसका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छन् ।