देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदीद्वारा जानकी मन्दिरमा विशेष पूजाआजा

देशान्तर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजाआजा गरेका छन्। भारतको पटनाबाट जनकपुर विमानस्थलमा उत्रिएलगत्तै जानकी मन्दिर पुगेका मोदीले आरतीसहित पूजाआजा गरेका हुन् । मोदीले सोडषोपचार विधीबार पूजाआजा गरेका थिए।

पूजाका समयमा भजनकीर्तिन गरिएको थियो । मोदीले कीर्तनस्थलमा पुगेर केहीबेर बाजा पनि बजाएका थिए। मोदीलाई जानकी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।

मन्दिर परिसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएर फोटो खिचाएका थिए। त्यसलगत्तै मोदीले मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए। मन्दिर परिसरमा दुवै प्रधानमन्त्रीलाई जानकी मन्दिरका महन्थ रामपेश्वर गिरीले पगडी लगाइदिनुका साथै मायाको चिनो स्वरुप जानकी मन्दिरको तस्बिर प्रदान गरेका थिए ।