देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदीद्वारा मुक्तिनाथ,पशुपतिनाथ मन्दिरमा पूजाअर्चना

देशान्तर

 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।२ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा–अर्चना गरेका हुन् ।

शनिबार बिहान हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका मोदीले मुक्तिनाथमा विशेष पूजा गरेका थिए । त्यहाँको पूजा सकाएर काठमाडौं फिरेका मोदीले पशुपतिनाथमा विशेष पूजा गरेका हुन् । योसँगै जानकी मन्दिरबाट शुरु भएको मोदीको पूजा–आजा पशुपतिमा आएर सकिएको छ ।

यसअघि मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति कोषका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।

मोदी अब केहीबेर हायात होटलमा आराम गरेपछि काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ ।राष्ट्रियसभा गृहमा आयोजना गरिएको अभिनन्दन कार्यक्रम सकाएर मोदी त्यतैबाट स्वदेश फर्कने कार्यक्रम छ ।