देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साढे ३३ किलो सुन प्रकरण मुद्दामा अभियुक्तका तर्फबाट बहस हुँदै

देशान्तर

काठमाडौं। साढे ३३ किलो सुन प्रकरणका मुद्दामा प्रतिवादीका कानुन व्यवसायीहरुले आजबाट थुनछेक बहस शुरु गर्दैछन् ।मुद्दाका प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० अभियुक्तका तर्फबाट बहस हुनेछ ।

प्रतिवादीको तर्फबाट बहस गर्न ८० जना कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराएका छन् ।यसअघि सात जना सरकारी वकीलले जिल्ला अदालत मोरङसमक्ष बहस गरेका थिए ।

सनम शाक्यको हत्यामा प्रहरीसहित ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।उनीहरुमाथि सन् २०१५ यता ३८ क्वीन्टल सुन चोरी निकासी गरेको दावीसहित सुन चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धि मुद्दा लगाइएको छ ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् ।