देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा थुनामा

देशान्तर

काठमाडौं । वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् ।पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् ।

पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ ।

परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणीअन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफूले मदिराको नशामा रहेको समयमा बलात्कार गरेको प्रहरीसँग स्वीकार गरेका थिए ।