देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकलमा दुई सय रुपैयाँ प्रदूषण कर

देशान्तर

काठमाडौं । सरकारले मोटरसाइकल प्रयोग गरेबापत वार्षिक दुई सय रुपैयाँ प्रदूषण कर लिने भएको छ। यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षक थप्दै वार्षिक दुई सय रुपैयाँ प्रदूषण करण संकलन गर्ने प्रस्ताव गरेको छ।  बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संकलन गर्न सकिने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।

विभागले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृति गर्दै बजेटमा समावेश गरेको अवस्थामा नयाँ आर्थिक वर्षदेखि मोटरसाइकल दर्ता तथा नवीकरण गर्दा अनिवार्य रूपमा मोटरसाइकल प्रयोगकर्ताले दुई सय रुपैयाँ प्रदूषण कर तिर्नुपर्ने हुन्छ। विभागले सबै प्रकारका मोटरसाइकल प्रयोगकर्तासँग समान रूपमा प्रदूषण कर संकलन गर्ने तयारीसहित अर्थ मन्त्रालयमा प्रस्ताव गरेको भट्टराईले जानकारी दिए।

यसैगरी मोटरसाइकल प्रयोगकर्ताले वाषिर्क रूपमा सवारीसाधन कर पनि तिर्नुपर्नेहुन्छ। यसमा १२५ सीसीसम्मकाले २५ सय, १२५ सीसीदेखि २५० सीसीसम्मकाले ४ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मकाले आठ हजार र ४०१ सीसीभन्दा माथिकाले वार्षिक रूपमा १५ हजार सवारीसाधन कर तिर्नुपर्ने हुन्छ। अन्नपुर्णपोष्टमा समाचार छ ।