देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुर स्वास्थ्य अभियान शुरु

देशान्तर

काठमाडौं । रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ ।वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उदेश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताए ।
स्वस्थ रहनका लागि हरेक मानिसले वर्षमा एक पटक कम्तीमा स्वास्थ्य जाँच गराउनुपर्नेमा समस्या भएपछि मात्रै गराउने प्रचलन रहेकाले आफ्नो स्वास्थ्यका बारेमा हरेक मानिस सजग रहनुपर्छ भन्ने चेतना जगाउनका लागि स्वस्थ भक्तपुर अभियान शुरु गरिएको बताए ।

एक महिनासम्म चल्ने अभियानअन्तर्गत चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र चाँगुनारायण – ४ मा इवामुरा अस्पतालको सहयोगमा, सूर्यविनायक – ७ मा नागरिक सामुदायिक टिचिङ अस्पतालको सहयोगमा, सूर्यविनायक –९ नंखेल स्वास्थ्यचौकीमा मध्यपुर अस्पतालको सहयोगमा, चाँगुनारायण – ८ सुडालमा क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा र मध्यपुर नगरपालिका नगदेशमा नेपाल कोरिया मैत्री अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

खुल्ला दिसामुक्त घोषणा, पूर्ण खोपलगायत अभियानमा सहयोग गर्दै आएको भक्तपुर रेडक्रसले स्वस्थ भक्तपुर अभियानअन्तर्गत सामान्य स्वास्थ्य परीक्षणका साथै स्त्रीरोगसम्बन्धी परीक्षण जिल्लामा रहेका २१ वटै उपशाखामार्फत जिल्लाभर सञ्चालन गर्ने भक्तपुर जिल्ला शाखा सभापति मनोजकुमार थापाले बताए ।