काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले तत्कालीन एपेक्स बैंक घोटालाको अनुसन्धान सकेको छ । व्यूरोले सरकारी वकिल कार्यालयमार्फत १४८ जनाभन्दा बढी विरुद्ध उच्च पाटन अदालतमा बैकिङ कसुर मुद्दा दर्ता गराएको छ ।
दुई महिनाको अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत बुझाइएको व्यूरोका एसपी बुद्धि तामाङले बताए ।प्रतिवादीहरूमा एपेक्स बैकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा लगायत रहेका छन्।
एक अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा दर्ता भएको हो । व्यूरोले घोटाला प्रकरणमा २१ जनालाई पक्राउ गर्ने सफल भएको छ । बाँकी १३७ जना अझै फरार रहेका छन् । तत्कालीन बैकका सिइओ गोविन्द उपाध्याय अझै फरार नै रहेको बताइएको छ । उनीहरूले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ बराबरको आर्थिक अनियमिता गरेको देखिएको छ ।





प्रतिक्रिया