देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसद विकास कार्यक्रम अन्तरगत बजेट नल्याउन नेता पौडेलको आग्रह

देशान्तर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सांसद विकास कार्यक्रम अन्तरगत बजेट नल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।वरिष्ठ नेता पौडेलले सरकारले सांसदमार्फत खर्च हुने गरी बजेट ल्याए मान्य नहुने चेतावनी दिएका छन ।

सरकारले सांसदमार्फत् खर्च हुने गरी बजेट ल्याउने तयारी गरिरहेका बेला उनले त्यसो गर्नु संविधान र संघीयताको मान्यता विपरित हुने भन्दै आपत्ति समेत जनाएका छन ।आईतबार नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सांसदहरुले पनि खर्च गर्ने गरी बजेट ल्याए त्यो संघीयताविरुद्ध हुने बताए ।

वरिष्ठ नेता पौडेलले बजेट स्थानीय र प्रदेश सरकारमार्फत् खर्च हुने गरी विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन ।