देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाउने मन्त्री अधिकारीको प्रतिबद्धता

देशान्तर

काठमाडौं । पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीले नारायणहिटी संग्रहालयको गुरुयोजना अविलम्ब तयार गर्ने बताएका छन् ।नारायणहिटी संग्रहालयको अवलोकन गर्दै उनले समयमै गुरुयोजना बनाएर ब्यवस्थित गरिने बताए ।

नारायणहिटीलाई बृहत संग्रहालयको रुपमा विकास गर्ने योजना सरकारको रहेको भन्दै उहाँले गुरुयोजना अनुमोदन गरेर काम थालिने प्रष्ट पारे ।पूर्व र तत्कालिन राजाले प्रयोगमा ल्याएका सबै बस्तु इतिहासका लागि महत्वपूर्ण हुने भएकाले त्यसको संरक्षण गरिने उनको भनाई थियो ।

उनले सर्वसाधारणको अवलोकनका लागि प्रयोगमा नल्याईको श्रीपेचको पनि उचित संरक्षणसहित अवलोकनको व्यवस्था मिलाइने जानकारी दिए ।संग्रहालय संरक्षणको गुरुयोजना बनाउन दुई दिनभित्र विज्ञसहितको उच्चस्तरीय समिति बनाउने भन्दै मन्त्री अधिकारीले यसलाई चाँडै व्यवस्थित गरिने जानकारी दिए ।