देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिपी विचार राष्ट्रिय समाजको भेला राजधानीमा हुने

देशान्तर

 काठमाडौँ । बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं। ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । माजले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताए ।

काँग्रेसका विरुद्ध सबै दल एकजुट भएकाले गणतन्त्र र धर्मरिपेक्षताका लागि पार्टीलाई प्रयोग मात्र गरिएको त होइन भन्ने आशंका भएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेससँगै प्रजातन्त्र र राष्ट्रियता समाप्त गर्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सजग हुन समाजले आह्वान गरेको छ । भेलामा ३ नं प्रदेशका १३ जिल्लाका समाजका सदस्यको सहभागिता रहने प्रदेश संयोजक खेमराज सेढाईंले बताए। त्यस अवसरमा काँग्रेसले बिर्सन थालेको बिपी विचारका बारेमा समेत बहस हुने जनाइएको छ ।