देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ढुंगेलको रिहाईका बिषयमा न्यायपालिका निरिह : डा शेखर

देशान्तर

भोजपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले बालकृष्ण ढुंगेललाई रिहाई गरेर सरकारले आफ्नो उदण्डता प्रस्तुत गरेको बताएका छन्। डा कोईरालाले ढुंगेलको रिहाईका बिषयमा न्यायपालिका निरिह देखिएको बताउँदै यो घट्नाले मुलुक अत्यन्तै भयावह मोडमा प्रवेश गर्न लागेको संकेत गरेको बताए।

नेपाल तरूण दल भोजपुरको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले मलुकमा दण्डहिनता संस्थागतरुप लिदै गएको र न्यायपालिका पनि स्वतन्त्र रहेनछ भन्ने प्रमाणित हुदै गएको दाबी गरे।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गुरूराज घिमिरे र प्रदीप पौडेल, पूर्व केन्द्रीय सदस्य कुमारीलक्ष्मी राई, भोजपुर कांग्रेसका सभापती नन्दमणी राई, पूर्वसभापति बालकृष्ण थापा, प्रदेश सभा सदस्य केदार कार्की, उमेशजंग रायमाझी, तरुणदलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाई लगायतले मन्तब्य राखेका थिए।