देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्पको टोकाइबाट १ जनाको मृत्यु

देशान्तर

काठमाडौं । लहानमा विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ।

कमला नदीको बगरमा तारबुजा टिप्न जाँदा विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी छोरी १६ वर्षीया अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए।

सर्पद‌ंशबाट गम्भीर उनको समयमै उपचार हुन नसक्दा मृत्यु भएको वडाध्यक्ष राइनले बताए।

विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था हुन नसकेको हो।