देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुन तस्करीका अभियुक्त एसएसपी खत्री जेल चलान

देशान्तर

सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई बिहिबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा बिहिबार खत्रीसँग १२ पृष्ठको बयान लिइएपछि थुनछेकको बहस भएको थियो । त्यसपछि न्यायाधीश शर्माले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेका थिए ।

गत वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत मोरङमा खत्रीलगायतमाथि १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको थियो ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ ।

सो घटनामा ६३ जनामाथि मुद्दा दर्ता गरिएकामा खत्रीसमेत गरी ३० जना कारागार चलान भइसकेका छन् । एक जना साधारण तारेखमा र एक जना धरौटीमा रिहा भएका छन् । अब फरार अभियुक्त ३१ जना छन् ।