देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतका राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा

देशान्तर

काठमाडौं ।  सरकारले चीन र भारतका राष्ट्राध्यक्ष नेपालको राजकीय भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने भएको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक चीन र भारतका राष्ट्राध्यक्षहरुको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिने नर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए। सरकारका प्रवक्ता कार्कीले आसन्न भ्रमणहरुमात्र नभइ अबदेखि हुने यस्ता भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रमण मुखर्जी यही १७ गतेदेखि १९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको छ। चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण तय भएको छैन।

]]>