देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अरबाज खानपछि बलिउडका सोनू जालानपनि सट्टेबाजीमा तानिए

देशान्तर

काठमाडौं ।अरबाज खान आइपीएल सट्टेबाजीमा तानिएदेखि यसले खैलाबैला मच्चाएको छ । सट्टेबाजी मामलामा सोनू जालानलाई पक्राउ गरिसकिएको छ । उनलाई पक्राउ गरेपछि ठाणे क्राइम ब्रान्चको एन्टी एक्स्टोर्सन सेलमा बलिउडका अर्का हस्ती नाम सार्वजनिक भएको छ ।

रिपोर्टलाई मान्ने हो भने सोनू जालानले फिल्म निर्माता साजिद खानमाथि आरोप लगाउँदै उनले सन् २००८ मा खेलिएको क्रिकेट म्याचमा सट्टा लगाएको खुलासा गरेका छन् । सोनुसँग भएको सोधपुछमा पैसाको लेनदेन नभएको र त्यसपछि साजिद अमेरिका गएकोसमेत उनले जानकारी दिए ।

जालानका अनुसार खानले लगातार म्याचलाई निकै नजिकबाट नियाल्न निरन्तरता दिइरहेका थिए तर त्यतिबेला जालानले सट्टेबाजीको काम बन्द गरिसकेको थिए ।बलिउड सुपरस्टार सलमान खानका भाइ अरबाज खानद्वारा सोधपुछमा आइपीएलमा सट्टेबाजीको कुरा स्विकार गरेपछि साजिद खानको नाम सार्वजनिक भएको हो ।