देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित

देशान्तर

काठमाडौं  संघीय संसदको आज हुने भनिएको संयुक्त बैंठक स्थगित भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक संचालन सम्बन्धी नियमावली आज पेश हुने कार्यक्रम थियो।
आज हुने बैठकको जानकारी दुवै सभाका सदस्यलाई जानकारी नगराइएको भन्दै बैठक नहुने तय भएको हो। असार ३ गते राष्ट्रियसभा बैठक छ भने जेठ ३० गते प्रतिनिधि सभा बैठक छ। यी दुवै बैठकपछिमात्रै संयुक्त बैठक बस्नेछ। आज संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदा बैठकमा पेस गर्ने कार्यक्रम थियो।
नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्य्विधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ। यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ। आज नियमावली पास गर्नेगरी कार्यसूची निर्धारण गरिएको थियो।