देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल विचार विहीन एमालेको पछि लागे भट्टराईको आरोप

देशान्तर

काठमाडौं ।नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि माओवाद पतन गराएको आरोप लगाएका छन्। नयाँ शक्तिको स्थापना दिवसमा आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै भट्टराईले दाहाललाई विचार विहीन एमालेका पछि लागेको आरोप लगाएका छन।

जनयुद्धमा आफूहरुलाई मार्नका लागि हरदम कोशिश गर्ने एमालेसँग अहिले गएर मिल्नु निकै घातक भएको समेत उनले बताए। साथै उनले अहिलेको सरकार हावादारी भएको बताएका छन्।

अहिलेको सरकार बाँडाका सम्बृद्धिका सपना नयाँ शक्तिका एजेण्डाहरु भएको समेत उनले बताए। अहिलेको सरकारको चरित्रलाई भट्टराईले बाँदरको उश्रृङखलतासँग तुलना गरेका छन । उनले अहिलेको अवस्थामा नयाँ शक्ति नेपाल तेस्रो विकल्प भएको समेत बताए ।