देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकाका भुकम्पपीडितसँग आजदेखि अनुदान सम्झौता

देशान्तर

काठमाडौं । काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न आज (सोमबार)देखि अनुदान सम्झौता सुरु हुने भएको छ । 

काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ लाभग्राहीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए । 

“उपत्यकाका ३६९ वडामा सोमबारदेखि अनुदान सम्झौता सुरु गर्न जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइलाई परिपत्र गरिएको छ, सबै वडामा एकैपटक काम सुरु हुने भएकाले छिटो अनुदान सम्झौता सकिइ पहिलो किस्ताको रु ५० हजार वितरण हुनेछ”– उनले भने । 

केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका तीन जिल्लामा लक्षित नमुना (भेरिफिकेसन मोडेल) बाट भूकम्पपीडितको सूची सङ्कलन गरेको थियो । विभागले एक लाख १५ हजार लाभग्राहीको सूची प्राधिकरणमा पठाए पनि ९० हजार ८८८ मात्र स्वीकृत भएको मन्त्रालयले जनाएको छ । 

भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटमा अनुदान सम्झौता र पहिलो किस्ताको रु ५० हजार वितरण भइरहेको छ । 

भूकम्प प्रभावित अन्य १७ जिल्लामा लाभग्राहीको सूची सङ्कलनको तयारी सुरु भएको विभागले जनाएको छ । 

]]>