देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसईईको नतिजा आउन अझै ४-५ दिन लाग्ने

देशान्तर

काठमाडौँ । यो वर्षको एसईईको बुधबार नै हुने व्यापक हल्ला चलेसँगै परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मिले सो सूचनाको खण्डन गर्नै नतिजा आउन अझै केहि दिन कुर्नुपर्ने बताएका छन्।

उनले भने, अहिले हामी रुजु गर्ने काम गर्दै छौं । त्यो सबै सकेर नतिजा निकाल्न केही नभएपनि ४-५ दिन अझै लाग्न सक्छ।

उनले बजारमा चलेको हल्ला र त्यसले विद्यार्थी तथा अभिभावकलाई दिएको तनावलाई मध्यनजर गर्दै प्रहरीमा पनि उजुरी गरिएको बताए । यस वर्षको एसईई परिक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।