देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी र पाकिस्तानी सेनाध्यक्ष जुबाइरको भेटवार्ता

देशान्तर

काठमाडौं । पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेका छन । सेनाध्यक्ष महमुद हायातले बिहिबार राष्ट्रपतिसँग भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार अनुसार सेनाध्यक्ष महमुद हायातले बिहिबार कार्य बाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग पनि भेट गरेका हुन । भेटमा कार्यबाहक प्रधानमन्त्री पोखरेल र सेनाध्यक्ष महमुद हायातबीच सेनाको अवस्थाको साथै दुई देशको आपसी सैन्य सहयोग बारे कुराकानी भएको मन्त्रालय स्रोतले बताएको छ ।सेनाध्यक्ष महमुद हायात प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको निमन्त्रणमा नेपाल आएका हुन ।