देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्छ :देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन्।  जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरेका छन् ।

कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ। बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ। यसका लागि साथीहरु पनि लाग्नुपर्‍यो। म पनि आजैबाट लाग्छु,देउवाले भने।

देशभरका साथीहरुले निर्वाचनमा हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति छ ।