देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीय संसदको संयुक्त कार्यसञ्चालन नियमावली बहुमतले पारित

देशान्तर

काठमाडौं  संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बहुमतले पारित गरेको छ । आज बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली बहुमतले पारित गरेको हो ।

नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोख्रेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलि पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्थासहितको नियमावलीलाई बहुमतले पारित गरेको छ । नियमावली मस्यौदामा सांसदहरु बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संसोधन प्रस्ताव दर्ता गराएका थिए ।