देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदका चार समितिको नेतृत्वमा कांग्रेसको दाबि

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा एक गरी चारवटा समितिको सभापति पाउनुुपर्ने दाबी गरेको छ। संसद् नियमावली पारित भएपछि समिति गठनको तयारीसँगै कांग्रेसले यस्तो दाबी गरेको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी संसद्मा २३ प्रतिशत सांसद कांग्रेसका भएको भन्दै उसले चारवटा समितिको सभापति दाबी गरेको हो।प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुसाालले केही दिनअघि संघीय प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटी प्रतिनिधिसभा र राष्ट्रियसभाका चारवाट समितिको सभापतिमा कांग्रेसको दाबीसहितको प्रस्ताव राखेका छन्।

कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ सांसद छन् । सहमतिबमोजिम समितिको सभापति नदिए बहुमतीय रूपमा जाँदा कांग्रेसले आफ्ना सदस्यलाई प्रतिनिधिसभामा तीनवटा र राष्ट्रियसभामा एउटा समितिमा मात्र राख्ने छ।‘प्रतिनिधिसभामा लेखा समितिसहित ३ र राष्ट्रियसभाको एउटा समितिको सभापति कांग्रेसलाई दिन सहमत नभए हामी बहुमत पु¥याउन प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा एक समितिमा मात्र सदस्य राख्छौं,’ खाँडले भने।

कांग्रेसको यस्तो प्रस्तावमाथि सत्तापक्ष कुनै टुंगोमा पुगेको छैन। यसै कारण मिनी संसद् मानिने संसदीय समितिहरू गठनमा ढिलाइ भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली दुई साताअघि र दुवै सदनको संयुक्त नियमावली चार दिनअघि पारित भइसकेको छ। प्रतिनिधिसभा नियमावलीअनुसार १०, राष्ट्रियसभा नियमावलीअनुसार ४ र संयुक्त नियमावलीअनुसार दुईवटा संयुक्त समिति र एउटा महाभियोग सिफारिस समितिसहित १७ वटा संसदीय समिति गठन हुनेछन्।
नागरिकबाट