देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले बहिष्कार गरेपछि विपक्षी बिना नै प्रदेश ५ को प्रदेशसभा बैठक

देशान्तर

बुटवल । प्रमुख प्रतिपक्षी दलको विरोधमा मंगलबार स्थगित भएको प्रदेश ५ को बुधबारको बैठक विपक्षी बिना नै बसेको छ। सत्तापक्षले विपक्षीलाई उपस्थित हुन आग्रह गरे पनि विपक्षीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सभा बैठक बहिष्कार गरेको हो।

बुधबार सभामुख पूर्णबहादुर घर्तीले प्रतिपक्ष बिना नै सभाको बैठक आह्वान गरेका हुन्। विपक्षीकै विरोधका कारण १२ बजे बोलाइएको बैठक एक घण्टा ढिलामा सुरु भएको थियो।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले केही बेरपछि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताएका छन्। प्रदेश सभा बैठकमा अहिले सत्ता पक्षका प्रदेश सभा सदस्यले बिनियोजन विधेयकमाथिको छलफल गरिरहेका छन्।