देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१४ दिनपछि सिंगापुरबाट आज स्वदेश फर्कदै दाहाल

देशान्तर

काठमाडौं । पत्नी सीताको उपचारका लागि सिंगापुर रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आइतबार साँझ स्वदेश फर्कदै छन्।

१४ दिन अघि पत्नी सीतालाई लिएर सिंगापुर उढेका दाहाल उनको स्वास्थ्यमा सुधार आएपछि सोमबार फर्कन लागेको उनका प्रेस संयोजक विष्णु साप्कोटाले जानकारी दिए।

सुगर, उच्च रक्तचाप लगायत समस्या भोगिरहेकी सीतालाई सिगापुरमा रहँदा ‘वाटर थेरापी’ गर्नुका साथै औषधि चलाइएको थियो।

उनको सिंगापुरको एलिजाबेथ अस्पतालमा उपचार गरिएको थियो।  एक साताका लागि भन्दै पत्नी सीतालाई लिएर सिंगापुर गएका दाहाल थप एक साता त्यतै बसेका हुन्।

सीता केहीवर्षदेखि अस्वस्थ बनेकी छन् । गत मंसिर दुई गते राती छोरा प्रकाशको मृत्यु भएपछि सीतामा झनै समस्या देखिएको छ।