देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति अन्त्य हुन्छ: राज्यमन्त्री अर्याल

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न लागीपरेको बताएकी छन ।प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जाले शनिबार वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य क्षेत्रका धेरै चुनौतिमध्ये कर्मचारीको दरबन्दी भएको उनको भनाई थियो ।

राज्यमन्त्री अर्यालले आफ्नो दरबन्दी एकातिर राखेर विदेश पढ्न जाने तर उक्त ठाउँमा अर्को कर्मचारी नहुने भएकाले सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन निक्कै कठिनाई भइरहेको उल्लेख गर्दै यस विषयमा आफू गम्भीर भएको बताइन ।

राज्यले दिएको छात्रवृत्तिमा अध्ययन गर्ने तर राज्यले खटाएको ठाउँमा नजाने जुन प्रवृत्ति छ, यसको अब अन्त्य हुनुपर्छ भन्दै कर्मचारीलाई पाँच वर्षभन्दा बढी उपत्यकामा बन्न नपाउने गरी नियम बनाउनका लागि छलफल भइरहेको उनको भनाई थियो ।